सेवा बिस्तार गर्दै स्पार्क अस्पताल
काठमाडौं: कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालले सेवा बिस्तार गर्ने भएको छ । स्पार्कले डिलक्स उपचार सेवा शुरु गरेर सेवा बिस्तार गर्न लागेको हो ।
प्राकृतिक रुपमा गरिने उपचारका लागि प्रख्यात स्पार्कले अति ब्यस्त, भीआइपी एवं पालो कुर्न नखोज्ने र उपचार सेवा लिएर तुरुन्त जान खोज्ने बिरामीका लागि डिलक्स उपचार सेवा शुरु गर्न लागेको अस्पतालका निर्देशक रुपेश अधिकारीले बताए।
‘हामीले स्पार्क अस्पतालमा निम्न एवं मध्यम वर्गीय समूदायका बिरामीलाई नियमित सेवा दिइरहेका छौं । अस्पतालमा बिरामीको चापका कारण कतिपय अवस्थामा पालो कुर्नुपर्ने हुन्छ तर केही बिरामी भने पालो कुर्न सक्नुहुन्न त्यसैले हामीले त्यस्ता बिरामीको सुविधालाई ध्यानमा राखेर यो सेवा शुरु गर्न लागेका हौं । भुकम्परहित एवं अपांगमैत्री छुुट्टै डिलक्स भवन बनाउन शुरु भइसकेको छ अबको ३ महिनामा नै सेवा शुरु गछौं उनले थपे ।’
नयाँ शुरु हुने उपचारमा बिरामीलाई मात्र होइन रोग नै लाग्न नदिन गरिने स्पा,साउना,मसाज, शिरोधारा लगायतका उपचार थेरापी पनि शुरु गरिने अस्पतालले जनाएको छ । यो सेवामा बिरामीले नाम लेखाएपछि पालाे कुरेर बस्न पर्दैन सिधै उपचार लिन सक्नेछन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?