राप्ती प्रतिष्ठानका चिकित्सकले उपकुलपतिलाई दिए २४ घण्टे अल्टिमेटम
काठमाडौं : सामूहिक राजीनामा दिएका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ चिकित्सकले आफ्ना आठ प्रमुख माग पूरा भए मात्र काममा फर्किने शर्त अगाडि सार्दै उपकुलपतिलाई २४ घण्टे अल्टिमेटम दिएका छन्।
शनिबार विज्ञप्ति जारी गरी उनीहरूले प्रतिष्ठानबाट बर्खास्त भएका डा. मनोज यादवको ससम्मान पुनर्बहाली र उपकुलपतिले लिखित रूपमा चिकित्सकमाथि मानसिक तनाव नदिने प्रतिबद्धता जनाए मात्र राजीनामा फिर्ता लिने बताएका हुन्।
चिकित्सकहरुले जारी गरेको विज्ञाप्तिमा डा. यादवलाई पुनर्बहाली गर्नुपर्ने, चिकित्सक, कर्मचारीलाई मानसिक यातना दिन नपाइने र ऐनअनुसारका विदा, सेवा सुविधा दिनुपर्ने माग राखेका छन्।
चिकित्सकहरूले जथाभावी बिरामी ‘रेफर’ गर्ने काम रोक्न, कार्यरत चिकित्सकलाई हतोत्साही र नयाँलाई आउन नदिने प्रवृत्ति बन्द गर्नुपर्ने माग राखेका छन्।
डा. वर्षा मानन्धरलाई नेपाल सरकारको अनुसारको मात्रै तलब सुविधा दिइएको भन्दै प्रतिष्ठानको नियमानुसार व्यवहार गर्न भनिएकाे छ। प्रा.डा. ऋतु बराल र डा. कृष्ण झालाई विनाकारण बर्खास्त गरेको भन्दै यस्ता घटना नदोहोर्याउने प्रतिबद्धतासमेत चिकित्सकले माग गरेका छन्।






नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त