प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको छ। त्यसैले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत शुक्रबारदेखि उपचार थालिएको प्रधानमन्त्रीकी निजी चिकित्सक प्राध्यापक डा. दिव्यासिंह शाहलाई उद्धृत गर्दै प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए।
अरू केहीपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने बताइएको छ। चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा तीन पटकसम्म गरिन्छ। त्यसपछि पनि एन्टिबडीको मात्रा नघटे बढाएर ६ पटकसम्म गर्नुपर्छ।
१२ वर्षअघि मिर्गौला प्रत्याराेपण गरेका प्रधानमन्त्री ओली गत बिहीबार सिंगापुर प्रस्थान गरेका थिए। अहिले नेसनल युनिभर्सिटी हस्पिटलमा उनको उपचार भइरहेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण