सुत्केरी गराउने क्रममा जिल्ला अस्पतालमा मृत्यु
बाजुरा : बडिमालिका नगरपालिका-७ कि एक महिलाकाे सुत्केरी गराउने क्रममा मृत्यु भएको छ। कृष्ण नेपालीकी श्रीमती २१ वर्षीया वसन्ती नेपालीको जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको बताइएकाे छ।
सुत्केरी व्यथाले च्यापेपछि आफन्तले शुक्रबार साँझ उनलाई जिल्ला अस्पताल पुर्याएका थिए। शनिबार बिहान जिल्ला अस्पताल बाजुरामा उनको मृत्यु भएको हो। आफन्तहरूले चिकित्सकहरूको लापरबाहीले नेपालीको मृत्यु भएको आरोप लगाएका छन्।
बच्चा जन्माउन नसक्ने भएपछि चिकित्सकद्वय दुर्गा महर्जन र टिकाराम राईले भ्याकुम प्रयोग गर्दा पाठेघरबाट अत्यधिक रगत बगेपछि उनको मृत्यु भएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. रोहित गिरीले बताए।
वसन्तीका श्रीमान् रोजगारीका सिलसिलामा कुबेतमा छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?