कुकुरलाई खुला ठाउँमा शाैच गराए महानगरले कारबाही गर्ने
काठमाडौं : काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराउनेहरूलाई कारबाही गर्ने भएको छ। यसअघि पटकपटक अनुरोध गरे पनि ककुरलाई बाटो, पार्कलगायत क्षेत्रमा शौच गराउने क्रम नरोकिएपछि महानगरले कुकुरधनीलाई कारवाही गर्ने गरी तयारी गरेको हो।
महानगरको वातावरण व्यवस्थापन विभागले कुकुरलाई सार्वजनिकस्थलमा नभई घरैमा सुरक्षित ढंगबाट शौच गराउन आग्रह गरेको छ।कुकुरको दिसापिसावबाट मानव जीवनमा गम्भीर प्रकारको रोग निम्त्याउने भएकाले घर पालुवा कुकुरलाई घरमै शौच गराउन आग्रह गरिएको कामपाका वातावरण व्यवस्थापन विभागले जनाएकाे छ।
काठमाडौं महानगरपालिकामा करीब ८० हजार घरपालुवा र २२ हजार सामुदायिक कुकुर रहेको अनुमान छ।
कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुने बताइन्छ। कुकुरको दिसाबाट ह्विप वर्म, हुक वर्म, राउन्ड वर्म, टेप वर्मजस्ता जुकाका अण्डा मानिसको शरीरमा प्रवेश गर्ने बताइन्छ।
कुकुरको शौचबाट आउने ब्याक्टेरियाले मानिसलाई गम्भीर प्रकारको रोग लाग्ने चिकित्सक बताउँछन्।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण