परोपकार प्रसूतिगृहमा एकतिहाइ ‘सिजरियन सेक्सन’बर्थ
काठमाडौं : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शल्यक्रियाकाे माध्यमबाट एकतिहाइ महिला सुत्केरी हुने गरेकाे पाइएकाे छ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.जागेश्वर गौतमले अस्पतालमा दैनिक ६६ महिला सुत्केरी हुने गरेका जानकारी दिए। तीमध्ये २१ जनाले शल्यक्रिया (सिजरियन सेक्सन) बाट बच्चा जन्माउँछन्।
अस्पतालले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा अस्पतालमा कुल ३० हजार ६२७ महिला भर्ना भएकामध्ये २४ हजार १४७ ले बच्चा जन्माएका थिए ।
अस्पतालले न्याम्ससितको सहकार्यमा प्रसूति तथा स्त्रीरोग विषयमा स्नातकोत्तर तहमा एमडी\एमएस को अध्यापनसमेत शुरु गरेको छ।
दुई वर्षदेखि अस्पतालले परोपकार नर्सिङ कलेज सञ्चालन गर्दै आएको छ। अस्पतालले सञ्चालन गरेको सुरक्षित गर्भपतन सेवा गत वर्ष एक हजार २६६ महिलाले सेवा लिएका थिए।
२०१६ भदौ ६ गते ४० शय्याबाट शुरु भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको शय्या विस्तार हुँदै जाँदा हाल ४८९ पुगेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण