Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

परोपकार प्रसूतिगृहमा एकतिहाइ ‘सिजरियन सेक्सन’बर्थ

परोपकार प्रसूतिगृहमा एकतिहाइ ‘सिजरियन सेक्सन’बर्थ

काठमाडौं :  परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शल्यक्रियाकाे माध्यमबाट एकतिहाइ महिला सुत्केरी हुने गरेकाे पाइएकाे छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.जागेश्वर गौतमले अस्पतालमा दैनिक ६६ महिला सुत्केरी हुने गरेका जानकारी दिए। तीमध्ये २१ जनाले शल्यक्रिया (सिजरियन सेक्सन) बाट बच्चा जन्माउँछन्।

अस्पतालले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा अस्पतालमा कुल ३० हजार ६२७ महिला भर्ना भएकामध्ये २४ हजार १४७ ले बच्चा जन्माएका थिए ।

अस्पतालले न्याम्ससितको सहकार्यमा प्रसूति तथा स्त्रीरोग विषयमा स्नातकोत्तर तहमा एमडी\एमएस को अध्यापनसमेत शुरु गरेको छ।

दुई वर्षदेखि अस्पतालले परोपकार नर्सिङ कलेज सञ्चालन गर्दै आएको छ। अस्पतालले सञ्चालन गरेको सुरक्षित गर्भपतन सेवा गत वर्ष एक हजार २६६ महिलाले सेवा लिएका थिए।

२०१६ भदौ ६ गते ४० शय्याबाट शुरु भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको शय्या विस्तार हुँदै जाँदा हाल ४८९ पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन