‘अकालमा सुत्केरी, गर्भवती र नवजात शिशुकाे मृत्यु हुन दिँदैनाैँ’
काठमाडौं : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सुत्केरी हुन नसकी आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन सरकार प्रयासरत रहेको बताएका छन्।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६०औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री यादवले सेवाको गुणस्तरीय पुहँच पुग्न नसकेका स्थानका गर्भवती\सुत्केरीको जीवनरक्षाका लागि सरकारले हवाइ उद्धारको व्यवस्था मिलाएको जानकारी दिए। ‘अहिलेसम्म दुर्गमका ३२ महिलाको उद्धार गरिएको छ’, उनले भने।
मन्त्री यादवले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाइने बताए।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन कार्यान्वयन गर्न नियमावली तयार भएको जानकारी दिँदै उनले प्रजनन सेवा र शिक्षाको केन्द्रीय अस्पतालका रूपमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई थप सहयोग गरिने आवश्वासन दिए।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलले अस्पतालका शय्या थप गर्नुभन्दा शहरी क्षेत्रमा अस्पतालले आफ्ना सेवा विस्तार गर्न आवश्यक रहेको सुझाव दिनुभयो।
चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. डीएन साहले न्याम्स र अस्पतालबीचको सहकार्यमा आगामी दिनमा स्त्रीरोग सेवा र शिक्षाको विस्तार गर्न आवश्यक रहेको बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण