विद्यालयलाई अटोमेटिक सेनेटरी प्याड मेसिन
गुल्मी : सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयलाई अटोमेटिक सेनेटरी प्याड मेसिन प्रदान गरिएको छ।
सुरक्षित महिनावारी अभियानको क्षेत्रमा क्रियाशील गंगा खड्काले विद्यायललाई मेसिन प्रदान गरेकी हुन्। रेसुंगा नगरपालिकाकी उपप्रमुख सीता भण्डारीले एक कार्यक्रममा विद्यालयलाई मेसिन हस्तान्तरण गरिन्।
खड्कालाई केही दिनअघि दुर्गममा बसेर विद्यालयका किशोरी छात्रालक्षित अभियान सञ्चालन गरेको भन्दै खानेपानी तथा सरसफाइ मन्त्रालयलले उक्त मेसिन उपहार दिएको थियो ।
विद्यालका प्रधानाध्यापक डोरविक्रम श्रीषले मेसिनको विद्यालयले अधिकतम प्रयोग गर्ने बताए ।
मेसिनमा २ रुपैयाँ राखेपछि सेनेटरी प्याड निस्किन्छ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त