Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु

दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु

मोरङ : सुन्दरहरैचा नगरपालिका ७ स्थित पूर्व पश्चिम राजमार्गमा एम्बुलेन्स ट्रकसँग ठोक्किँदा एकजनाको मृत्यु भएको हो। दुर्घटनामा ६ जना घाइते भएका छन्।

दुर्घटनामा एम्बुलेन्स चालक इलाम नगरपालिका २ का २१ वर्षीय रमेश निरौलाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार राति करिब १ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च २००३ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रकसँग ठोक्‍किएको थियो।

दुर्घटनामा एम्बुलेन्समा सवार ५ जना र ट्रकका सहचालक घाइते भएका छन्। घाइते सबैको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ।

ट्रकका चालक  फरार छन्।दुर्घटनामा परेका दुवै सवारी साधन इलाका प्रहरी कार्यालय बेलवारीको नियन्त्रणमा छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि