दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु
मोरङ : सुन्दरहरैचा नगरपालिका ७ स्थित पूर्व पश्चिम राजमार्गमा एम्बुलेन्स ट्रकसँग ठोक्किँदा एकजनाको मृत्यु भएको हो। दुर्घटनामा ६ जना घाइते भएका छन्।
दुर्घटनामा एम्बुलेन्स चालक इलाम नगरपालिका २ का २१ वर्षीय रमेश निरौलाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार राति करिब १ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च २००३ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रकसँग ठोक्किएको थियो।
दुर्घटनामा एम्बुलेन्समा सवार ५ जना र ट्रकका सहचालक घाइते भएका छन्। घाइते सबैको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ।
ट्रकका चालक फरार छन्।दुर्घटनामा परेका दुवै सवारी साधन इलाका प्रहरी कार्यालय बेलवारीको नियन्त्रणमा छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण