म्याग्दीकाे बेनीमा फैलियो पखालाको संक्रमण
म्याग्दी : हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता पखालाको संक्रमण फैलिएको छ। मौसम बदलिएसँगै पानीको मुहानमा फोहाेर मिसिएका कारण पखालाको संक्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ।
वर्षायामको समयमा बढी पानी पर्ने भएकाले पिउने पानीका मुहानमा फोहर मिसिएकाले पखाला फैलिएकोे बेनी अस्पतालका डा.नवराज बस्ताकोटीले जानकारी दिए।
ल्याब परीक्षण गर्दा बिरामीमा रगतमासीसँग सम्बन्धित हिस्टोलिटीका जीवाणु भेटिएको उनको भनाइ छ। दैनिक १५ देखि २० जना बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए।
बेनी नगरपालिका–७ र ८ मा बढी यो पखालाको संक्रमणका बिरामी अस्पताल आउने गरेका छन्। पखाला सङ्क्रमण हुँदा बिरामीलाई वाकवाकी लाग्ने, बिरामीको दिसामा रगतमासी देखिने र बिरामीलाई कडा खालको ज्वरो आउने जस्ता लक्षण देखिने डा. बस्ताकोटीले जानकारी दिए।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त