Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

म्याग्दीकाे बेनीमा फैलियो पखालाको संक्रमण

म्याग्दीकाे बेनीमा फैलियो पखालाको संक्रमण

म्याग्दी : हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता पखालाको संक्रमण फैलिएको छ। मौसम बदलिएसँगै पानीको मुहानमा फोहाेर मिसिएका कारण पखालाको संक्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ।

वर्षायामको समयमा बढी पानी पर्ने भएकाले पिउने पानीका मुहानमा फोहर मिसिएकाले पखाला फैलिएकोे बेनी अस्पतालका डा.नवराज बस्ताकोटीले जानकारी दिए।

ल्याब परीक्षण गर्दा बिरामीमा रगतमासीसँग सम्बन्धित हिस्टोलिटीका जीवाणु भेटिएको उनको भनाइ छ। दैनिक १५ देखि २० जना बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए।

बेनी नगरपालिका–७ र ८ मा बढी यो पखालाको संक्रमणका बिरामी अस्पताल आउने गरेका छन्। पखाला सङ्क्रमण हुँदा बिरामीलाई वाकवाकी लाग्ने, बिरामीको दिसामा रगतमासी देखिने र बिरामीलाई कडा खालको ज्वरो आउने जस्ता लक्षण देखिने डा. बस्ताकोटीले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि