Health TV Online
Health TV Online

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले दिए सामूहिक राजीनामा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले दिए सामूहिक राजीनामा

काठमाडाैं : दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन्।

आफूहरुमाथि उपकूलपति  डा संगीता भण्डारी एवं पदाधिकारीले मानसिक तनाव दिएको साथै अपमान गर्ने गरेको भन्दै  सामूहिक  राजीनामा दिएको बताएका छन्।

बिना कारण पटकपटक स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने जस्ता धम्कीको भाषा प्रयोग गरेको तथा मनोबल गिराउने काम गरेकाले आत्मसम्मानका लागि बाध्य भएर राजीनामा दिएको उनीहरूकाे भनाइ छ । उपकुलपतिकै कारण शारीरिक र मानसिक रुपमा विक्षिप्त भई काम गर्न नसक्ने अवस्था आएकाे पनि  उनीहरुले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

उपकुलपति भण्डारीलाई यस विषयमा ध्यानाकर्षण गराई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दा समेत कुनै वास्ता नै नगरेको राजीनामा पत्रमा उल्लेख छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार