Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्रीको स्वास्थ्यवारे निजी चिकित्सकको विज्ञप्ति

प्रधानमन्त्रीको स्वास्थ्यवारे निजी चिकित्सकको विज्ञप्ति

 काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिव्या सिंहले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जान लागेको जानकारी दिएकी छिन्।

सिंगापुर जानु अघि प्रेस विज्ञप्ति जारी गर्दै डा सिंहले उक्त कुराको जानकारी दिएकी हुन्। डा सिंहद्धारा हस्ताक्षरित विज्ञप्तिमा एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निकाकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर जान परेको उल्लेख छ ।

प्रधानमन्त्री ओलीको यसअघि उपचार गरिएकै न्यासनल युनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले उनकाे  मिर्गौलाकाे थप परीक्षण गर्ने र क्षमता अभिवृद्धि गर्न आवश्यक उपचार समेत गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओली दुई साता अघि मात्र स्वास्थ्य परीक्षण गरी नेपाल फर्किएका थिए । उताबाट फर्किए लगत्तै स्वास्थ्यमा समस्या देखिन शुरु भएको थियो । उपचारका क्रममा प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे केही विशेष जानकारी दिनुपर्ने भएमा मिडियामार्फत नेपाली जनतालाई सुसूचित गराइने पनि विज्ञप्तिमा उल्लेख छ ।

आज १ः३० बजेको थाई एयरबाट प्रधानमन्त्री ओली थप उपचारका लागि सिंगापुर उडेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार