प्रधानमन्त्रीको स्वास्थ्यवारे निजी चिकित्सकको विज्ञप्ति
काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिव्या सिंहले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जान लागेको जानकारी दिएकी छिन्।
सिंगापुर जानु अघि प्रेस विज्ञप्ति जारी गर्दै डा सिंहले उक्त कुराको जानकारी दिएकी हुन्। डा सिंहद्धारा हस्ताक्षरित विज्ञप्तिमा एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निकाकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर जान परेको उल्लेख छ ।
प्रधानमन्त्री ओलीको यसअघि उपचार गरिएकै न्यासनल युनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले उनकाे मिर्गौलाकाे थप परीक्षण गर्ने र क्षमता अभिवृद्धि गर्न आवश्यक उपचार समेत गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओली दुई साता अघि मात्र स्वास्थ्य परीक्षण गरी नेपाल फर्किएका थिए । उताबाट फर्किए लगत्तै स्वास्थ्यमा समस्या देखिन शुरु भएको थियो । उपचारका क्रममा प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे केही विशेष जानकारी दिनुपर्ने भएमा मिडियामार्फत नेपाली जनतालाई सुसूचित गराइने पनि विज्ञप्तिमा उल्लेख छ ।
आज १ः३० बजेको थाई एयरबाट प्रधानमन्त्री ओली थप उपचारका लागि सिंगापुर उडेका छन्।





नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त