Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पहाडी जिल्ला पाँचथरमा पनि डेंगु

पहाडी जिल्ला पाँचथरमा पनि डेंगु

पाँचथर : तराईका जिल्लामा फैलिएको डेंगु संक्रमण पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि बढेको छ।

शुरुमा तराई आवतजावत गर्नेलाई यस्तो संक्रमण भएको अनुमान गरिए पनि बिरामीको संख्या बढेपछि डेंगु सार्ने लामखुट्टे पाइन सक्ने आंशका गरिएको छ।

बिरामी भएकामध्ये कतिपयको जिल्लामै उपचार भएको छ भने कतिपय सुविधा सम्पन्न अस्पतालसम्म पुगेका छन्।

स्वास्थ्य कार्यालय पाँचथरले डेंगु संक्रमितको तथ्यांक संकलन गरिरहेको छ। हालसम्म २० जनामा संक्रमण देखिएको कार्यालयका निमित्त प्रमुख तेजबहादुर तुम्बापोले बताए।

सदरमुकामस्थित जिल्ला अस्पताल पाँचथर र समर्पित अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणको क्रममा डेंगु भएको खुलेको छ सदरमुकाममा मात्र नभएर गाउँगाउँमा यसको संक्रमण पाइएको छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन