Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चितवनमा एक महिनामा १०६ जनालाई डेंगु

चितवनमा एक महिनामा १०६ जनालाई डेंगु

चितवन : जिल्लामा एक महिनामा १०६ जनामा डेंगुको संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४५३ जनामा गरिएको परीक्षणका क्रममा १०६ जनामा संक्रमण भेटिएको हो।

कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार संक्रमितमध्ये ७८ जना चितवनका हुन्। तीमध्ये ६९ जना भरतपुर महानगरपालिकाका छन्। भरतपुर महानगरपालिका वडा नं १, २ र ३ मा बढी सङ्ख्यामा डेंगुको जोखिम देखिएको केसीले जानकारी दिए। महानगरको कमलनगर र पुलचोक क्षेत्र बढी प्रभावित रहेको उनले बताए।

सङ्क्रमण बढेसँगै डेङ्गुको प्रकोप फैलिन सक्ने देखिएपछि कार्यालयले सबैलाई सतर्क रहन आग्रह गरेको छ। महानगरका १, २, ३, ४, १० नं वडा डेंगुको उच्च जोखिममा रहेको बताइएको छ। यी वडामा कबाडी पसल, ग्यारेज तथा वर्कशप र होटल धेरै छन्।

आर्थिक वर्ष २०७५\७६ मा एक हजार ९५१ जनाको रक्त परीक्षण गरिएकामा ३१ जनामा सो रोग देखिएको थियो। डेंगु रोग एडिस एजेप्टाइ नामको पोथी लामखुट्टेको टोकाइबाट लाग्छ। यो लामखुट्टेको टोकाइबाट बच्नसके डेंगुको सङ्क्रमणबाट बच्न सकिने हुँदा सतर्क रहन चिकित्सकले सुझाव दिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि