Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्याेपचारका लागि प्रधानमन्त्री आज सिंगापुर जाँदै

स्वास्थ्याेपचारका लागि प्रधानमन्त्री आज सिंगापुर जाँदै

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार सिंगापुर जाँदै छन्। प्रधानमन्त्री ओली दिउँसो साढे १ बजे थाई एयरमार्फत सिंगापुर प्रस्थान गर्न लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए।

सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि त्यसतर्फ जान लागेका हुन्। ओलीसँगै प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्या सिंहलगायत पनि सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने छन्। अघिल्लोपटक स्वास्थ्य परीक्षणका लागि नौ दिन सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीकाे यसपटककाे बसाइ कति दिन लामाे हुने भन्नेबारे केही पनि बताइएको छैन ।

प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी हुन्। उनले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन