काठमाडाैंमा ५५ जनालाई डेंगु
काठमाडाैं : काठमाडाैं उपत्यकामा याे वर्ष अहिलेसम्म ५५ जनामा डेंगु संक्रमण देखिएकाे छ।
उपत्यकाका १० वटा अस्पतालमा आएका मध्ये ५५ जनामा डेंगु संक्रमण देखिएको इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालले बताए। यो संख्या अझै बढ्नसक्ने उनले बताए। महाशाखाले २३ वटा अस्पतालबाट तथ्यांक संकलन गरेको थियो।
लालका अनुसार काठमाडौं उपत्यका तथा अन्य स्थानमा डेंगु सार्ने लामखुट्टेका दुवै प्रजाति भेटिएको छ। गत वर्ष यही समयमा उपत्यकामा मात्रै १६ जनालाई डेंगु देखिएको थियो भने देशभर ८११ जना संक्रमित भएका थिए।
डेंगुबाट विशेषगरी बालबालिका, जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरू सतर्क रहनुपर्ने चिकित्सकहरू बताउँछन्। याे राेगबाट बच्न वर्षाकाे समयमा विशेष ध्यान दिनुपर्ने उनीहरूकाे भनाइ छ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त