Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अहेबकाे समायाेजनमा धेरै नै समस्या देखियाे : प्रवक्ता श्रेष्ठ

अहेबकाे समायाेजनमा धेरै नै समस्या देखियाे : प्रवक्ता श्रेष्ठ

काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत अष्पष्टताका कारण केही समयका लागि समायोजन कार्य रोकिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद  श्रेष्ठले केही कर्मचारीको समायोजनमा नीतिगत अष्पष्टता देखिएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सोको बारेमा पत्राचार गरिएकाे भन्दै सामायोजन केही समयका लागि राेकिएकाे बताए । उनले भने, ‘कतिपय पदनाम, पदस्थापन भएका अहेबकाे हकमा धेरै नै समस्या भयो त्यसैले हामीले त्यसलाई स्पष्ट पार्न   सामान्य प्रशासन मन्त्रालयलाई अधिकार  मागेका छौं।  नमिलेका विषयहरूलाई कानुनी रूपमै हल गर्नका लागि अख्तियारी मागिएकाे हाे । उनले भने,  उताबाट निर्देशन आउने बित्तिकै काम शुरु हुन्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहेब र अनमीको समायाेजन बाँकी रहेको छ। त्यसमा पनि सबैभन्दा बढी समस्या अहेबकाे समायेाजनमा रहेकाे श्रेष्ठले बताए । स्वास्थ्य मन्त्रालयअन्तर्गत करिब २७ हजार स्वास्थ्यकर्मीमध्ये हालसम्म २० हजारको समायोजन भइसकेको छ भने ७ हजारकाे मात्रै बाँकी रहेकाे पनि उनले जानकारी दिए । याे पनि छिटै सकिने उनले जिकीर गरे ।

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन