फिलिपिन्समा डेंगुले ८०० भन्दा बढीकाे मृत्यु
फिलिपिन्समा डेंगुका कारण याे वर्ष आठ महिनामा ८०० भन्दा बढीकाे मृत्यु भएको छ। त्यहाँकाे स्वास्थ्य विभागका अनुसार याे अवधिमा डेंगु रोगीको संख्या एक लाख ८८ हजार पुगेको छ।
विभागले याे वर्षको जनवरी १ देखि अगस्ट ३ सम्मको अवधिमा एक लाख ८८ हजार ५६२ जनामा संक्रमण भेटिएको विवरण संकलन गरेको छ। गत वर्षको यही अवधिमा ९३ हजार १४९ जना डेङ्गुका बिरामी फेला परेका थिए।
डेंगुका बिरामी दोब्बरले वृद्धि भएको फिलिपिन्समा सन् २०१८ को तुलनामा मृत्यु भएकाको संख्या पनि झण्डै दोब्बरले वृद्धि भएको छ। गत वर्ष ४९७ जनाको मृत्यु भएको थियो। याे वर्ष ८०७ जनाकाे मृत्यु भइसकेकाे छ।
स्वास्थ्य सेवा विभागले फिलिपिन्सका मध्य र दक्षिणी क्षेत्रमा डेंगुको महामारी देखिएको जनाएको छ। डेंगुबाट बिरामी हुनेहरूमा सबैभन्दा बढी पाँचदेखि नौ वर्षका बालबालिका रहेकाे बताइएकाे छ। यो उमेर समूहमा करिब २३ प्रतिशत बिरामी देखिएका छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त