स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप
बाँके : डुडुवा गाउँपालिकास्थित स्वास्थ्यचौकीमा अहिले सेवाग्राहीको चाप बढेको छ। दुई वर्षअघिसम्म वर्षमा नौ हजार बिरामी आउने स्वास्थ्य केन्द्रमा प्रयोगशालासहितको उपचार सेवा निःशुल्क भएपछि मासिक दुई हजार बिरामी उपचारका लागि आउने गरेका छन्।
स्थानीय तह गठनपछि सो गाउँपालिकाले आफ्नो मातहतको स्वास्थ्यचौकीमा २०७४ फागुनदेखि निःशुल्क प्रयोगशालासहितको उपचार सेवा उपलब्ध गराउँदै आएकाले सेवाग्राहीको चाप बढेको जनाइएको छ। स्वास्थ्यचौकीका प्रमुख हेमन्त शर्माका अनुसार निःशुल्क प्रयोगशाला सञ्चालन भएसँगै स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या झण्डै तीन गुणाले बढेकाे हाे।
अहिले स्वास्थ्यचाैकीमा छ स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ।गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले छिट्टै एक चिकित्सक पनि थपिने बताए। स्वास्थ्यचौकीले निःशुल्क प्रयोगशाला र उपचार सेवा सञ्चालन गरेपछि गाउँपालिका तथा आसपासका नागरिकलाई अब सामान्य स्वास्थ्य उपचारका लागि पनि सदरमुकाम नेपालगञ्ज धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?