Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप

बाँके : डुडुवा गाउँपालिकास्थित स्वास्थ्यचौकीमा अहिले सेवाग्राहीको चाप बढेको छ। दुई वर्षअघिसम्म वर्षमा नौ हजार बिरामी आउने स्वास्थ्य केन्द्रमा प्रयोगशालासहितको उपचार सेवा निःशुल्क भएपछि मासिक दुई हजार बिरामी उपचारका लागि आउने गरेका छन्।

स्थानीय तह गठनपछि सो गाउँपालिकाले आफ्नो मातहतको स्वास्थ्यचौकीमा २०७४ फागुनदेखि निःशुल्क प्रयोगशालासहितको उपचार सेवा उपलब्ध गराउँदै आएकाले सेवाग्राहीको चाप बढेको जनाइएको छ। स्वास्थ्यचौकीका प्रमुख हेमन्त शर्माका अनुसार निःशुल्क प्रयोगशाला सञ्चालन भएसँगै स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या झण्डै तीन गुणाले बढेकाे हाे।

अहिले स्वास्थ्यचाैकीमा छ स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ।गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले छिट्टै एक चिकित्सक पनि थपिने बताए। स्वास्थ्यचौकीले निःशुल्क प्रयोगशाला र उपचार सेवा सञ्चालन गरेपछि गाउँपालिका तथा आसपासका नागरिकलाई अब सामान्य स्वास्थ्य उपचारका लागि पनि सदरमुकाम नेपालगञ्ज धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि