Health TV Online
Health TV Online

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभाव

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभाव

धरान : यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभाव भएको छ। प्रतिष्ठानको एक हजार ६०० लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट बिग्रिएर काम नगरेपछि अक्सिजन अभाव भएको हो।

बाहिरबाट सिलिण्डर किनेर ल्याइँदै आए पनि पर्याप्त नआएपछि अभाव भएको प्रतिष्ठानले बताएकाे छ। अक्सिजन निर्यात गर्दै आएको कम्पनीले पर्याप्त निर्यात गर्न छाडेपछि आकस्मिककक्ष र बिरामी उपचार गर्न राख्ने वाडमा अक्सिन अभाव भएको चिकित्सकले जानकारी दिए। प्रतिष्ठानको प्लान्ट बिग्रिएपछि दुर्गा प्लान्ट दुहवीबाट निर्यात गरिँदै आएको थियो। उसले पनि पर्याप्त सिलिण्डर उपलब्ध गराउन नसकेपछि अभाव भएको बताइएको छ।

प्रतिष्ठानले दैनिक ६० हजारदेखि ८० हजार रूपैयाँ व्ययभार हुने गरी सिलिण्डर खरीद गर्दै आए पनि पछिल्लो समय सिलिण्डर पर्याप्त नआएको एक चिकित्सकले बताए। प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. डा. गुरुप्रसाद खनालले प्रतिष्ठानको अक्सिजन प्लान्टले लामो समयदेखि काम नगरेका कारण सिलिण्डर किन्दै आएको बताए। दुई साताभित्र मर्मत गरी उत्पादन शुरु गरिने उनकाे भनाइ छ। प्रतिष्ठानलाई प्रतिमिनेट ८०० लिटर अक्सिजन आवश्यक पर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन