Health TV Online
Health TV Online

‘प्रधानमन्त्रीलाई वास्तवमा के भएकाे हाे?’

‘प्रधानमन्त्रीलाई वास्तवमा के भएकाे हाे?’

काठमाडाै‌ं : डाक्टर सुन्दरमणि दीक्षितले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन सरकारको ध्यानाकर्षण गरेका छन्।

मंगलबार आयाेजित साक्षात्कारमा दीक्षितले सरकार प्रमुखको स्वास्थ्यबारे सर्वसाधारणले जानकारी पाउनुपर्ने तर्क गरे। उनले उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्रीलाई डाक्टरले के भने र किन फेरि जाँदैछन् जानकारी नेपाली जनताले पाउनुपर्ने बताए।

नागरिक अभियन्ता दीक्षितले उच्च प्रविधियुक्त वर्तमान अवस्थामा औषधिको मात्रा मिलाउन मात्रै प्रधानमन्त्री सिंगापुर जाने कुरा विश्वास गर्न नसकिने तर्क गरे।  ‘प्रधानमन्त्रीलाई ‘एक्ज्याक्ट्ली’ के भएको हो?’ उनले प्रश्न गरे, ‘जान्न पाउने आम नागरिकको हक हो।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार