प्रधानमन्त्रीले भने, ‘बाहिर चर्चा चले जस्तो स्वास्थ्य अवस्था जटिल छैन’
सिंगापुर बसाइ डेढ साता लामाे हुने
काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ डेढ साता लामो हुने भएको छ। उनी स्वास्थ्य उपचारका लागि यही भदाै ५ गते सिंगापुर जाँदैछन् ।
मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका हुन्। बैठकमा उनले बाहिर चर्चा चले जस्तो अवस्था स्वास्थ्य अवस्था जटिल नरहेको बताएका थिए।
यसअघि प्रधानमन्त्री ओली साउन १८ गते उपचारका लागि गई साउन २७ गते फर्किएका थिए। उपचार गरेर फर्किएको दुई झण्डै एक सातापछि उनी फेरि सिंगापुर जान लागेका हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?