स्वास्थ्य सचिव थपलियाको सरुवा
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासनतर्फका सचिव रामप्रसाद थपलियाको सरुवा भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थपलियालाई सरुवा गरेको हो ।उनको ठाँउमा शिक्षा मन्त्रालयमा सचिव रहेका खगराज बराललाई ल्याएको छ । यस विषयमा सचिव थपलियाले सरुवा भएको भन्ने औपचारिक जानकारी नआएको बताए ।
सोमबारको मन्त्रिपरिषदले थपलिया लगायत १० जना भन्दा बढी सचिवको सरुवा गरेको छ। यद्धपी यो निर्णय भने औपचारिक रुपमा सार्वजनिक भएको छैन ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?