Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ बारे संसदीय समितिकाे चासाे

‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ बारे संसदीय समितिकाे चासाे

काठमाडाैं :  संसदीय समितिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्माणाधीन ‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ बारे चासो देखाएको छ।

तीनपटक म्याद थप्दा पनि निर्माण नसकिएको भन्दै संसदीय शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयसँग छलफल गर्ने निर्णय गरेको छ।

समितिले मंगलबारकाे बैठकमा बुधबार बस्ने बैठकमा शिक्षामन्त्री र सचिव, स्वास्थ्यमन्त्री र सचिव, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई बोलाउने निर्णय गरेको छ। समितिले भौत्तिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई पनि बोलाउने निर्णय गरेको छ।

तीन वटै मन्त्रालय, त्रिभुवन विश्वविद्यालयको जवाफ सुनेपछि सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल निर्माणका सन्दर्भमा निर्देशन दिने समितिको तयारी छ। यसअघि पनि समितिले यस विषयमा पटकपटक छलफल गरेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै