Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दुर्गम गाउँपालिकामा पहिलाेपटक एम्बुलेन्स

दुर्गम गाउँपालिकामा पहिलाेपटक एम्बुलेन्स

कालिकाेट : पचालझरना गाउँपालिकामा एम्बुलेन्स सुविधा पुगेकाे छ। सर्वसाधारणको उपचारमा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको हो।

दुर्गम क्षेत्रमा आकस्मिक उपचारका समयमा हुन आउने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले जनताको सेवाका लागि एम्बुलेन्स सेवा शुरु गरेको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल बताए।

‘यहाँका मानिसहरुमा अझै पनि अस्पताल पुग्न सहज वातावरण छैन’, उनले भने, ‘स्थानीयवासीको सहजताका लागि एम्बुलेन्स खरीद गरेका हौँ।’ गाउँपालिकाको १२ लाख रूपैयाँ लगानीमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिकाका अध्यक्ष सेजुवालले बताए।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै दुर्गम तथा पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकारले सबै प्रकार सेवा दिन तयार रहेको बताउनुभयो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि