Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पाेखरामा रक्तदान गर्ने बढे

पाेखरामा रक्तदान गर्ने बढे

पाेखरा : पाेखरामा रक्तदानप्रति युवा पुस्ता जागरुक देखिएका छन्। पहिला रक्तदानप्रति सर्वसाधारणमा जानकारी नभएकै कारण रगत दिनेको संख्या कम थियो। तर, पछिल्ला वर्षमा भने यसप्रतिको सचेतनाले रक्तदाता बढ्दै गएको रक्तसञ्चार केन्द्र पोखराका प्रमुख ध्रुवमणि लामिछानेले बताए।

केन्द्रबाट अघिल्लो आव २०७५\७६ मा १७ हजार ३६१ युनिट रगत वितरण भएको छ। केन्द्रअन्तर्गत पोखरामा गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा छुट्टै रक्त संकलन एकाइ पनि छन्। पछिल्ला तीन आवको तथ्याङ्कअनुसार केन्द्रमार्फत आव २०७३\७४, ०७४\७५ र ०७५\७६ मा क्रमशः १३ हजार ३४७, १३ हजार २८९ र १६ हजार २९२ युनिट रगत संकलन भएको थियो।

तीनवटै आवमा केन्द्रबाट क्रमशः १८ हजार २७३, १५ हजार ७३ र १७ हजार ३६१ युनिट रगत वितरण गरिएको केन्द्रले जनाएको छ। केन्द्रले आफ्नो वार्षिक कार्यक्रममार्फत रक्तदानप्रतिको विविध चेतनामूलक कार्यक्रम बढाइरहेको र प्रभाकारिता क्रमशः बढेको छ।

पोखरामा चार दशकअघि रगत संकलन तथा वितरण गर्ने उद्देश्यले रक्तसञ्चार केन्द्र स्थापना भएकाे थियाे। २०३५ असार २ गते पोखरामा रक्तसञ्चार केन्द्र स्थापना भएको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका प्रमुख लामिछानेले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन