विदाकाे दिन पनि सहज उपचार
सल्यान : त्रिवेणी गाउँपालिकाले ३६५ दिन नै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्ने भएको छ। गाउँपालिकाभित्रका नागरिकले विदाको दिनसमेत स्वास्थ्य सेवा प्राप्त गर्ने गरी स्वास्थ्य संस्था खुला राख्ने व्यवस्था गरिएको हो।
गाउँपालिकाभित्रका चार स्वास्थ्यचौकी र दुई सामुदायिक स्वास्थ्य एकाइ खुला राखेर सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाका दिन पनि सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भनेर यो व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिए।
‘गाउँपालिकाभित्रका नागरिक सानो समस्या आएर मेडिकल र जिल्ला बाहिर नजाउन् र सरकारी स्वास्थ्य संस्थाबाटै सेवा प्राप्त गर्न सकुन् भनेर यो व्यवस्था गरिएको हो, अब वर्षभरि गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्था खुला रहनेछन्’, अध्यक्ष डाँगीले भने। कर्मचारी व्यवस्थापनका लागि विदाका दिन अतिरिक्त सुविधाको व्यवस्था गरिएको उनले जानकारी दिए।
विदाका दिन स्वास्थ्य संस्थाबाट सेवा दिएपछि स्थानीयवासी खुशी भएका प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगीले बताए। १९ हजार जनसङ्ख्या भएको त्रिवेणीमा विदाका दिन विद्यार्थीले बढी सेवा लिने गरेका गाउँपालिकाले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?