Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अस्पतालमा भाइरल ज्वरोका बिरामीकाे चाप

अस्पतालमा भाइरल ज्वरोका बिरामीकाे चाप

नवलपरासी : पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढेका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी बढेका हुन्।

पृथ्वीचन्द्र अस्पतालका चिकित्सक डा. पवन अग्रहरिका अनुसार अहिले दैनिक ६०\७० भाइरल ज्वरोका बिरामी अस्पताल आउने गरेका छन्। एक सातादेखि भाइरलका बिरामीको चाप बढिरहेको उनले बताए। ‘यो सरुवा रोग भएकाले घरका एक जनामा देखिएपछि अन्य सदस्यलाई पनि सर्ने गरेको छ। एउटै घरका चार\पाँच जनासम्म ग्रसित भएको पनि देखिएको छ’, डा अग्रहरिले भने।

प्रतिकूल मौसम, खानपानमा बेवास्ता, सरसफाइको कमीलगायतका कारण सरुवा भाइरल ज्वरोका बिरामी बढेका हुन्। ज्वरो आउने, चिसो लाग्ने, बान्ता हुने, टाउको दुख्नेजस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग सम्पर्क गर्ने तथा प्रशस्त पानी पिउने, आराम गर्ने, रोगीले प्रयोग गरेका रुमाललगायतका वस्तु प्रयोग नगर्न तथा नछुने, र हात धोइरहने गरेमा यस किसिमको रोगबाट बच्न सकिने डा. अग्रहरिको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन