पाेखरामा एकै दिन डेंगुका १६ बिरामी फेला
पाेखरा : पोखरा महानगरपालिका–८ मा आइतबार मात्रै डेंगुका १६ जना बिरामी भेटिएका छन्। पोखराका विभिन्न अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।
वडा नं ८ भित्र कवाड संकलन केन्द्रमा रहेका टायरसँगै स्थानीयका घरमा रहेका पुराना भाडामा जम्मा भएको पानी नै डेंगु संक्रमणको प्रमुख कारक देखिएको स्वास्थ्य कार्यालयका अधिकृत याम बरालले जानकारी दिए।
कास्कीमा यही भदौ १ गतेसम्म १०१ जना डेङ्गुका बिरामी देखिएका छन्। पोखराका वडा नं. ८, ९ र १७ मा डेंगु सार्ने लामखुट्टे बढी देखिएका बताइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?