Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

झाडापखालाले ६६ जना बिरामी

झाडापखालाले ६६ जना बिरामी

डडेलधुरा : परशुराम नगरपालिकामा झाडापखालाको महामारी फैलिएको छ। झाडापखालाबाट ६६ जना बिरामी परेका नगरपालिकाका स्वास्थ्य शाखा उपसंयोजक हिक्मत धामीले जानकारी दिए।

वडा नं‍. ८ मा पर्ने जमरानी, गैरी गाउँ, गुप्टेगडाँ, सानुखोला लगायतका क्षेत्रमा शनिबारदेखि झाडापखालाको प्रकोप फैलिएको उनले बताए। दुई जनाको जोगबुडास्थित अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको छ।

झाडापखालाको महामारी फैलिएपछि महामारी क्षेत्र जमरानी लगायतका गाउँमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक केसर साउद नेतृत्वको टोली पुगेको छ। आज महामारी क्षेत्रमा पुगी अनुसन्धान तथा नमुना संकलन गरी फर्किएको जनस्वास्थ्य निरीक्षक साउदले बताए।

महामारीका कारण खानेपानीमा दिसाका जीवाणु भेटिएका र अन्य परीक्षणका लागि स्वास्थ्य निर्देशनालयमा नमुना ल्याइएको छ। उनका अनुसार अहिले महामारी नियन्त्रणमा आइसकेको र थप सावधानीका लागि पहल भइरहेको छ।

थप समाचार