Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष आजै नियुक्त हुने

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष आजै नियुक्त हुने

काठमाडौं : सरकारले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष पदको टुंगो सोमबार नै लगाउने भएको छ। अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषदको बैठकले आयोगको उपाध्यक्षको टुंगो लगाउने बताइएको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार उपाध्यक्ष पद नियुक्तिका लागि गठित सर्च कमिटीले दिएको तीनजनाको नाम  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आजको मन्त्रिपरिषद् बैठकमा पेश गर्ने छन्।

तीमध्येबाट मन्त्रिपरिषदले एक जनालाई उपाध्यक्ष नियुक्त गर्नेछ।  साउन २९ गते बसेको सर्च कमिटीको बैठकले आयोगको उपाध्यक्षमा तीनजनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो।

कमिटीले पहिलाे नम्बरमा प्रा.डा. सुरेन्द्र शेरचन, दाेस्राेमा प्रा.डा. शम्भुकुमार पहारी र तेस्राे नम्बरमा प्रा.डा. श्रीकृष्ण गिरीकाे नाम सिफारिस गरेको छ।

केही दिनपछि प्रधानमन्त्री उपचारको लागि सिंगापुर जाने भएकाले यही साेमबारकाे बैठकबाट आयोगको उपाध्यक्षको टुंगो लगाउने बताइएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि