Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पाल्पामा पनि डेंगु

पाल्पामा पनि डेंगु

पाल्पा : जिल्लामा डेंगुका बिरामी फेला परेका छन्। साउनमा दुई बिरामी फेला परेका हुन्। डेंगु सङ्क्रमितदुवै जनाको उपचार भइरहेको छ। डेंगुका रोगी भेटिएपछि स्थानीयवासी त्रसित छन्।

यो रोग ‘एडिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट लाग्छ। घर वरिपरि खाडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने तथा शरीर पूरै ढाक्ने गरी कपडा लगाए डेंगुबाट बच्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवाली बताउँछन्।

अत्यधिक ज्वरो आउने, नाकको नाथ्री फुटेर रगत बग्नेलगायत डेंगु रोगका लक्षण हुन्। शरीरमा भएको रगतको मात्रा ‘प्लेटेड’ नामक तत्त्वले घटाइदिने हुँदा रोगको लक्षण देख्नेबित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन