पाल्पामा पनि डेंगु
पाल्पा : जिल्लामा डेंगुका बिरामी फेला परेका छन्। साउनमा दुई बिरामी फेला परेका हुन्। डेंगु सङ्क्रमितदुवै जनाको उपचार भइरहेको छ। डेंगुका रोगी भेटिएपछि स्थानीयवासी त्रसित छन्।
यो रोग ‘एडिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट लाग्छ। घर वरिपरि खाडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने तथा शरीर पूरै ढाक्ने गरी कपडा लगाए डेंगुबाट बच्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवाली बताउँछन्।
अत्यधिक ज्वरो आउने, नाकको नाथ्री फुटेर रगत बग्नेलगायत डेंगु रोगका लक्षण हुन्। शरीरमा भएको रगतको मात्रा ‘प्लेटेड’ नामक तत्त्वले घटाइदिने हुँदा रोगको लक्षण देख्नेबित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?