भक्तपुर क्यान्सर अस्पताललाई भर्तीकेन्द्र बनाउन दिइँदैन : नगरप्रमुख प्रजापति
भक्तपुर : भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पताललाई भर्तीकेन्द्र नबनाउने प्रष्टीकरण दिएका छन्।
नेपाल अर्बुदरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठको अध्यक्षता रहेको अस्पताल व्यवस्थापन समिति भंग गरी प्रमुख प्रजापतिले आफ्नो अध्यक्षतामा व्यवस्थापन समिति गठन गरेका थिए।
अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ र अस्पताल कर्मचारी कल्याण समितिका संयोजक शिवराम धुख्वाले आइतबार नगरप्रमुख प्रजापतिलाई स्वागत गरे। ‘यो कब्जा होइन। अस्पताललाई भर्तीकेन्द्र बनाउने पनि होइन’, नगरप्रमुख प्रजापतिले भने।
आर्थिक अनियमितताको आरोप लागेपछि अस्पताललाई जोगाउन नगरपालिकाले हस्तक्षेप गरेको नगरप्रमुख प्रजापतिले बताए। ‘सार्वजनिक सम्पत्ति हिनामिना गर्ने जोकोही कानुनी दायरामा आउनुपर्छ’, उनले भने, ‘नगरपालिकाले जनस्तर र कानुनी हिसाबबाट आर्थिक अनियमितता गर्नेलाई जनताबीच ल्याउनेछ।’





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?