Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बाढीपीडित क्षेत्रमा स्वास्थ्य शिविर

बाढीपीडित क्षेत्रमा स्वास्थ्य शिविर

सप्तरी : खडक नदीको बाढीबाट प्रभावित डाक्नेश्वरी नगरपालिका–३ तरहीका बाढीपीडित परिवारलाई लक्ष्य गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २५० ले सेवा लिएका छन्।

राष्ट्रिय जनचेतना तथा विकास समाज नेपालले आयोजना गरेको शिविरमा गत असार र साउनको वर्षा र बाढीका कारण प्रभावित सो गाउँका स्थानीयवासीले निःशुल्क स्वास्थ्य जाँच गराएका हुन्।

तरहीस्थित स्वास्थ्यचौकीमा आयोजित शिविरमा श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेहलगायतका दीर्घरोगी तथा रुघाखोकी, झाडापखालालगायतका स्वास्थ्य समस्याबाट पीडितले स्वास्थ्य जाँच गराएको राष्ट्रिय जनचेतना तथा विकास समाज नेपालका अध्यक्ष रेखा यादवले जानकारी दिइन्।

बाढी प्रभावित क्षेत्रमा रोगको संक्रमण फैलिने खतरा रहेकाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको अध्यक्ष यादवले बताइन्।

शिविरमा डा. अजयकुमार चौधरी, डा. चन्दन यादव, डा. निरेन्द्र चौधरीलगायतका चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए। स्वास्थ्य जाँच गराएकालाई निःशुल्क औषधि तथा महिलालाई निःशुल्क सेनेटरी प्याडसमेत वितरण गरिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन