जिल्ला अस्पतालमा इन्डोस्कोपी सेवा शुरु
संखुवासभा : जिल्ला अस्पताल खाँदबारीमा इन्डोस्कोपी सेवा शुरु भएको छ।
आइतबारदेखि सेवा शुरुवात गरिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले जानकारी दिए।
जिल्लामा इन्डोस्कोपी सेवा नहुँदा सेवाग्राही धरान, विराटनगर र काठमाडौंजस्ता ठूला शहर जानुपर्ने बाध्यता थियो।
टोलीले भोजपुर षडानन्द नगरपालिका–६ का ६० वर्षीय रामबहादुर विश्वकर्माको उपचार गरेर सेवा शुरु गरेको हो।
वीर अस्पतालका डा. भूपेन्द्र बस्नेतको टोलीले सोमबारसम्म इन्डोस्कोपी सेवा दिने जिल्ला अस्पतालले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?