उदयपुरको तराई क्षेत्रमा फैलिँदै डेंगु
उदयपुर : जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेंगु फैलिएको छ। केही हप्तायता जिल्लाको पूर्वी क्षेत्र बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेंगु फैलिएको हाे।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबैभन्दा बढी डेंगु कटारी क्षेत्र, त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीको बेल्टार बसाहा तथा बेलकाको रामपुर ठोक्सिला क्षेत्रमा फैलिएको हो। डेढ महिनाअघि कटारीमा दुईजनामा र चौदण्डीको बेल्टारस्थित बीपी चोकमा एकजनामा डेंगु देखा परेको थियो। अहिले यी क्षेत्रमा १६\१७ जनामा यसको संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले जानकारी दिए।
डेंगुबाट बिरामी परेकामध्ये केहीको उपचार जिल्लामै उपचार भइरहेको छ। केही बिरामीको उपचार बिरामी जिल्ला बाहिर सुनसरीको धरान तथा १ नम्बर प्रदेशको विराटनगरका अस्पतालमा भइरहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ।
डेंगु फैलिन थालेपछि यसको जानकारी प्रदेश सरकार र प्रदेश स्वास्थ्य मन्त्रालयमा जानकारी गराइएको र यसको नियन्त्रणको विषयमा समेत छलफल शुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण