Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

उदयपुरको तराई क्षेत्रमा फैलिँदै डेंगु

उदयपुरको तराई क्षेत्रमा फैलिँदै डेंगु

उदयपुर : जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेंगु फैलिएको छ। केही हप्तायता जिल्लाको पूर्वी क्षेत्र बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेंगु फैलिएको हाे।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबैभन्दा बढी डेंगु कटारी क्षेत्र, त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीको बेल्टार बसाहा तथा बेलकाको रामपुर ठोक्सिला क्षेत्रमा फैलिएको हो। डेढ महिनाअघि कटारीमा दुईजनामा र चौदण्डीको बेल्टारस्थित बीपी चोकमा एकजनामा डेंगु देखा परेको थियो। अहिले यी क्षेत्रमा १६\१७ जनामा यसको संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले जानकारी दिए।

डेंगुबाट बिरामी परेकामध्ये केहीको उपचार जिल्लामै उपचार भइरहेको छ। केही बिरामीको उपचार बिरामी जिल्ला बाहिर सुनसरीको धरान तथा १ नम्बर प्रदेशको विराटनगरका अस्पतालमा भइरहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ।

डेंगु फैलिन थालेपछि यसको जानकारी प्रदेश सरकार र प्रदेश स्वास्थ्य मन्त्रालयमा जानकारी गराइएको र यसको नियन्त्रणको विषयमा समेत छलफल शुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन