Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तलब घटाइएपछि पाटन अस्पतालका चिकित्सक एवं कर्मचारी आन्दोलित

तलब घटाइएपछि पाटन अस्पतालका चिकित्सक एवं कर्मचारी आन्दोलित

ललितपुर : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक एवं कर्मचारी आन्दोलनमा उत्रिएका छन्। अस्पतालले करारका चिकित्सक तथा कर्मचारीको तलब बढाउनुको साटो घटाएको भन्दै उनीहररू आन्दोलनमा उत्रिएका हुन्। पाटन अस्पतालमा कार्यरत एक हजार दुई सयमध्ये  ४५० भन्दा बढी कर्मचारी करारमा कार्यरत छन्।

स्थायी कर्मचारीको तलब बढेर आएको वेला करारका कर्मचारीको तलब भने अस्पतालले यही आर्थिक वर्षदेखि लागू हुने गरी घटाएको हो। उनीहररूले खाईपाई आएको तलब घटेको भन्दै आन्दोलनमा उत्रिएको बताएका छन्।

तलबकै विषयलाई लिएर उनीहरूले आइतबार रजिष्ट्रार डा. पारस आचार्य र अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्मालाई ध्यानाकर्षणपत्र समेत बुझाएका छन्।

यही क्रममा करारमा कार्यरत चिकित्सक एवं कर्मचारीले सोमबार बिहान एक घण्टा धर्ना समेत दिए। पाटन अस्पतालमा कार्यरत करारका मेडिकल अफिसरले ४४ हजार रुपैयाँ पाउने गरेकोमा अहिले १० हजार घटेर ३४ हजार भएको त्यहाँ कार्यरत एक चिकित्सकले बताए। ‘एउटै संस्थामा काम गर्ने हामी चिकित्सकको फरक तलब कसरी हुनसक्छ?’ उनले भने, ‘स्थायी चिकित्सकको तलब बढेर आएको छ। हाम्रो चाहिँ घटेको छ।’

यस्तै स्टाफ नर्सको तलब पनि ५ हजारले घटाइएको छ। २८ हजार रुपैयाँ पाउने गरेकोमा अहिले घटाएर २३ हजारमा झारिएको छ। ३ वर्षदेखि अस्पतालमा कार्यरत एक स्टाफ नर्सले आफूहरुलाई अस्पतालले अन्याय गरेको बताइन्। ‘अनुभवका आधारमा सबैकाे तलब बढ्दै जान्छ’, उनले भनिन्, ‘तर हाम्रो चाहिँ घटेको छ।’

‘बेसिक स्यालरी घट्नु भनेको हाम्रो उपदान, चाडपर्व भत्ता, ओभरटाइम सबैमा घटेर आउँछ’, नाम बताउन नचाहने एक कर्मचारीले भने, ‘त्यसैले यो निर्णय अस्पतालले सच्याउनैपर्छ।’

प्रतिष्ठानका रजिष्टार आचार्यले न्यूनतम तलब मात्र घटाइएको भन्दै सबै भत्ताहरू जोड्दा पहिलेकै तलब बराबर हुने प्रतिक्रिया दिए।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन