Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री ओली स्वास्थ्याेपचारका लागि पुन: सिंगापुर जाने

प्रधानमन्त्री ओली स्वास्थ्याेपचारका लागि पुन:  सिंगापुर जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि फेरि सिंगापुर जाने भएका छन्। उनी भदौ ४ गते सिंगापुर जाने स्रोतले बताएको छ।

प्रधानमन्त्री ओली साउन १८ देखि २७ गतेसम्म सिंगापुरमा स्वास्थ्य उपचारका लागि त्यहाँ रहेका थिए। स्वास्थ्यमा फेरि समस्या देखिएकाले जाँचका लागि जान लागेका हुन्।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पछिल्लो समय लगातार समस्या देखिँदै आएको छ। उनको रगतमा क्रेटिनाइन र प्रोटिन बढी भएको चिकित्सकहरूले बताएका छन्।

प्रत्यारोपण गरिएको मिर्गौलाले बिस्तारै काम गर्न छोडेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताउने गरेका छन्। उनले पछिल्लो पटक भन्दा धेरै समय सिंगापुर बिताउनुपर्ने हुनसक्ने स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीले केही दिन अघि मात्र अब आफूलाई २०\२५ वर्ष केही नहुने प्रतिक्रिया दिएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि