Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कान्ति बाल अस्पतालमा भाेलिदेखि ‘इन्टरमिडियट’ सेवा

कान्ति बाल अस्पतालमा भाेलिदेखि ‘इन्टरमिडियट’ सेवा

काठमाडौं : कान्ति बाल अस्पतालले बच्चाको दैनिक मृत्युदर घटाउन ‘इन्टरमिडियट’ सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ।  सोमबारदेखि आठ शय्याबाट यो सेवा शुरु हुनेछ।

उपचारका लागि आएका बढी बालबालिका बचाउने लक्ष्यअनुसार इन्टरमिडियट अर्थात् ‘पिङ्कु’ सेवा सञ्चालन गर्न लागेको अस्पतालका निर्देशक डा. आरपी बिच्छाले बताए।

आईसियू अभावमा अस्पतालले दैनिक कम्तीमा १० बालबालिका अन्यत्र ‘रिफर’ गर्दै आएको छ। यो सेवा सञ्चालनसँगै कान्तिमा ५० प्रतिशत समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

५० शय्या आईसीयू सेवा भए पनि अस्पतालले कर्मचारी अभाव रहेकाे भन्दै ३० शय्या मात्र सञ्चालन गर्दै आएको छ। अस्पतालले तीन वर्षअगाडि कर्मचारी अभावका कारण देखाउँदै पिङ्कु सेवा बन्द गरेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन