Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

श्वासप्रश्वास उपचार केन्द्र निर्माण छिट्टै : स्वास्थ्यमन्त्री यादव

श्वासप्रश्वास उपचार केन्द्र निर्माण छिट्टै :  स्वास्थ्यमन्त्री यादव

तनहुँ : उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको निर्माण कार्य छिट्टै शुरु हुने बताएका छन्।

शनिबार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित उपचार केन्द्रको निरीक्षण गर्दै मन्त्री यादवले उपचार केन्द्रलाई अन्तर्राष्ट्रियस्तरको बनाउने बताए।

‘उपचार केन्द्रलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि दाताको खोजी भइरहेको छ। भारत सरकारले यसमा चासो देखाइरहेको छ’, उनले भने। सबै हिसाबले उपचार केन्द्र निर्माण उपयुक्त ठाउँमा रहेको यादवले बताए।

केन्द्रका सञ्चालक समितिका सदस्य राम भण्डारीले उपचार केन्द्रका समस्याका बारेमा मन्त्री यादवलाई जानकारी गराएका थिए। बेलचौतारामा करीब ७०० रोपनी जग्गामा निर्माण हुने केन्द्रको गुरुयोजनाको काम यसै वर्ष शुरु हुने उनले बताए।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्मानमा २०६७ मा उपचार केन्द्र स्थापना गर्ने निर्णय भएको थियो। स्थानीयस्तरबाट सञ्चालित सेतीग‌ंगा सामुदायिक अस्पतालको स्वामित्व गत वर्षको साउनदेखि गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनबाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्य उपचारको सेवा सञ्चालन भइरहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन