Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, बिहानैदेखि व्यस्त

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, बिहानैदेखि व्यस्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। बिहीबार ज्वरोका कारण अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठकसमेत अन्तिम समयमा स्थगित भएको थियो।

शुक्रबार बिहानैदेखि उनी नियमित काममा लागेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी बिहानैदेखि भेटघाट र आफ्नो काममा लागेका छन्। बिहीबार ज्वरो सहित टाउको दुखेपछि बालुवाटारमानै बस्ने भनिएको पूर्वनिर्धारित नेकपाको सचिवालय बैठक स्थगन गरेर प्रधानमन्त्रीले आराम लिएका थिए।

प्रधानमन्त्रीले आराम लिएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर धेरै अड्कलबाजी गरिएको थियो। उनी पुनः सिंगापुर जाने चर्चा समेत चलेको थियो। तर, तत्कालै सिंगापुर जानुपर्ने अवस्था नरहेको बताइएको छ।

चिकित्सकका अनुसार सिंगापुरबाट प्रधानमन्त्री स्वास्थ्य परीक्षण गरेर आएपछि पनि पहिलेकै औषधि नियमित सेवन गरिरहेका छन्।

यसअघि उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘उहाँकाे स्वास्थ्य अवस्थाबारे अड्कलवाजी सहित केही मिडियामा संप्रेषित अफवाहहरू निराधार छन्। प्रमको स्वास्थ्य ठीक छ।’

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन