Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

झापामा दुई लाख पाँच हजारले गराए स्वास्थ्य बिमा

झापामा दुई लाख पाँच हजारले गराए स्वास्थ्य बिमा

झापा : जिल्लामा स्वास्थ्य बिमा गर्ने दुई लाख पाँच हजार चार सय जना पुगेका छन्।

स्वास्थ्य बिमा बोर्डले २०७४ साल असोज २५ गतेदेखि बिमा दर्ता शुरू गरेको थियो। दर्ता शुरूदेखि चालू आर्थिक वर्षको साउन २९ गतेसम्म यो तथ्यांक देखिएको हो।

बोर्डले झापाका वनियानी, धुलाबारी, शनिश्चरे, सुरुङ्गा, शिवगञ्ज र खजुरगाछी गरी ६ वटा प्राथमिक स्वास्थ्य केन्द्र र मेची र दमक अस्पतालबाट शुरू गरेको थियो।

त्यसैगरी निजी अस्पतालमा मेची आँखा,कन्काई, लाइफलाइन, आम्दा र एडभान्स अस्पतालले सेवा दिइरहेका छन्। अन्य अस्पतालमा बी एन्ड सी, दृष्टि आँखा, बिर्तामोड आँखा अस्पताल, ओम मेची, निम्स अस्पतालले सम्झौता गरी भदौ १ देखि सेवा दिने भएका छन्।

स्वास्थ्य बिमा बोर्ड झापाका दर्ता अधिकारी दिलीप पोखरेलले यो कार्यक्रम प्रभावकारी देखिएकोले दर्ता गराउने नागरिकको संख्या बढेको गइरहेको बताए। स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले १९६ जना दर्ता सहयोगी परिचालन गरेको छ।

स्वास्थ्य बीमामा आबद्ध हुनका लागि पाँच जनासम्मको परिवारलाई वार्षिक ३५ सय रुपैयाँ शुल्क लाग्छ। पाँचजना भन्दा बढी सदस्य भएको परिवारमा थप प्रति सदस्यका लागि ७०० रुपैयाँ तिर्नुपर्छ।

७० वर्षभन्दामाथिका ज्येष्ठ नागरिक, अति गरिब, अति अशक्त, अपांगता भएका व्यक्ति एवं कुष्ठरोगी, एमडीआर, क्षयराेग र एचआईभी संक्रमित बिरामी भएका घर परिवारको बिमा पूर्णरूपमा निःशुल्क गरिएको दर्ता अधिकारी पोखरेलले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन