Health TV Online
Health TV Online

पहिराेकाे जाेखिममा स्वास्थ्यचाैकी

पहिराेकाे जाेखिममा स्वास्थ्यचाैकी

बैतडी : स्वास्थ्यचौकीको भवन पनि जोखिममा बैतडीको सुर्नया गाउँपालिका ७ स्थित शिखरपुर स्वास्थ्यचौकीको भवन पहिरोको जोखिममा परेको छ। स्वास्थ्यचौकी भवनको माथिबाट पहिरो खसेकाले भवन नै जोखिममा परेको हो।

वर्षातका कारण स्वास्थ्यचौकी माथिबाट खसेको पहिरोले स्वास्थ्यचौकीको भित्तातिर क्षति पुर्याएको इन्चार्ज भूपेन्द्र बिष्टले बताए।  स्वास्थ्यचौकी भवनको माथिबाट पहिरो खसेपछि भवनको कोठाभित्र पानी पसेको स्वास्थ्यचौकीका अहेब बीरबहादुर बोहराले बताए। माटोले स्वास्थ्यचौकीको भवनको पछाडिको भाग छोपेपछि पानी भित्र पसेको हो।

कोठाभित्र पानी पसेपछि औषधी स्टोरमा समस्या भएको छ । करीब २ करोडको लागतमा निर्माण गरिएको स्वास्थ्यचौकीको भवन एक महिनाअघि मात्रै स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको थियो। स्वास्थ्यचौकीको माथिपट्टी भिरालो जमिन भएको र तलबाट टेवा पर्खाल नबनाएका कारण पहिरो खसेको बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार