Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भक्तपुर क्यान्सर अस्पताललाई अनियमितता गरेको आरोप

भक्तपुर क्यान्सर अस्पताललाई अनियमितता गरेको आरोप

भक्तपुर : भक्तपुर क्यान्सर अस्पतालमा अनियमितता भएको दावी गर्दै भक्तपुरवासीले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले अस्पतालमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसलाई रोकेर अस्पताल सञ्चालनमा भूमिका निर्वाह गर्न नगरप्रमुख प्रजापतिलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझेपछि नगरप्रमुख प्रजापतिले क्यान्सर अस्पताल कुनै निजी व्यक्तिले खोलेको नभई सार्वजनिक हितमा स्थापना भएको र त्यसका लागि नगरपालिकाले जग्गा प्रदान गरेको बताए । उनले नगरवासीको न्यायोचित मागप्रति आफू गम्भीर हुने समेत बताए ।

ज्ञापनपत्र बुझेलगत्तै नगरप्रमुखको नेतृत्वमा जनप्रतिनिधिसहितको टोली तत्कालै भक्तपुर क्यान्सर अस्पतालको स्थलगत अवलोकन गरेको छ । नगरप्रमुख प्रजापतिले अस्पतालमा भइरहेको गलत कामका बारेमा व्यवस्थापन समितिका पदाधिकारीसँग जानकारी लिन खोज्दा कोहीपनि नगरप्रमुखको सम्पर्कमै नआएको प्रजापतिले बताए।

अस्पतालको स्थापनाकालदेखि नगरपालिका अस्पताल व्यवस्थापन समितिको सदस्य भए पनि कुनै पनि बैठकमा नगरपालिकालाई सहभागी नगराउनुमा आपत्ति जनाउँदै उनले भक्तपुर क्यान्सर अस्पतालले देशैभरिको रोगीको उपचार गरिरहेको र यसको निरन्तर सञ्चालनको लागि आवश्यक पहल गर्न सकारात्मक रहेको बताए ।

मेडिकल डाइरेक्टर ऋषिकेशनारायण श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालमा भएको आर्थिक अनियमिताबारेमा सत्यतथ्य छानविन गरिदिन आग्रहसमेत गरे । उनले अस्पताल व्यवस्थितरुपमा सञ्चालन गर्न तथा बिरामी सर्वसाधारणको उपचार सेवामा प्रभावकारिता ल्याउन नगरपालिकाको उपस्थिति हुनुपर्नेमा जोड दिए । रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि