पाल्पाका स्थानीय तहकाे लक्ष्य : शून्य होम डेलिभरी
पाल्पा : जिल्लाका सबैजसो स्थानीय तह घरमा सुत्केरी हुने दरलाई शून्यमा पुर्याउने लक्ष्यका साथ अगाडि बढेका छन्।
आर्थिक वर्ष २०७५\७६ मा चार हजार ७९१ जना स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी भएका छन्। जसअन्तर्गत रामपुर नगरपालिकामा २५२ र तानसेन नगरपालिकामा चार हजार १५ रहेका छन्।
गाउँपालिकातर्फ पूर्वखोलामा १६९, रम्भामा ६५, बगनासकालीमा ३६, रिब्दिकोटमा ५३, रैनादेवी छहरामा १०१, माथागढीमा ४४, तिनाउमा १४ र निस्दीमा ४२ छन्।
जिल्लाका ३७ स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भए पनि ३६ स्वास्थ्य संस्थाबाट प्रसूति सेवा दिइएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवाली बताउँछन्।
आव ०७५\७६ मा बाहिरी जिल्लाबाट सुत्केरी हुन आउनेको सङ्ख्या कम रहेकाले अघिल्ला वर्षमा भन्दा सुत्केरी हुने दर घटे पनि जिल्लामा भने स्वास्थ्य संस्थामा सुत्केरी हुनेको अवस्था राम्रो रहेको उनले बताए।
आव २०७४\७५ मा पाँच हजार ५३९ महिलाले स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माएका छन्। ०७३\७४ मा पाँच हजार ३३७, आव ०७१\७२ मा छ हजार ५०० र ०७२\७३ मा छ हजार ३०० महिलाले स्वास्थ्य संस्थामा नै गएर सुत्केरी भएको पाइएको छ।
माथागढी गाउँपालिका–३ को कसेनी शून्य होम डेलिभरी वडा घोषणा भइसकेको छ भने अन्य स्थानीय तहका विभिन्न वडालाई पनि शून्य होम डेलिभरी वडा घोषणा गर्ने गरी कार्यक्रम अगाडि बढाइएको छ।



नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त