Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कर्णाली प्रदेश अस्पताल ३०० शय्यामा स्तरोन्नति हुँदै

कर्णाली प्रदेश अस्पताल ३०० शय्यामा स्तरोन्नति हुँदै

सुर्खेत : कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर कालागाउँस्थित कर्णाली प्रदेश अस्पताललाई यसै वर्षभित्र ३०० श्ययाको शिक्षण सुविधासहितको बनाउने तयारी थालेको छ। सामाजिक विकास मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्भे (ओ एण्ड एम) सर्भे गरिरहेको छ।

मन्त्री दल रावलले मन्त्रालयद्वारा गठित विज्ञ टोलीले सर्भे रिर्पोट अध्ययन गरिरहेको जानकारी दिए। उनका अनुसार मन्त्रिपरिषद् बैठकले ओ एण्ड एमसम्बन्धी उक्त प्रस्ताव पारित गरेपछि अस्पताललाई उपकरण खरीदका साथै जनशक्ति व्यवस्थापनमा बाटो खुल्नेछ। ३०० शय्याको अस्पतालमा ५०० कर्मचारी रहने प्रस्ताव गरिएको छ।

साढे दुई बिघा क्षेत्रफलमा नयाँ भवन निर्माण सम्पन्न भएको छ। २०७६ माघ १८ गते निर्माण सक्ने गरी आशिष एण्ड कन्टेक जेभीले २०७३ माघमा ठेक्का लिएको थियो। निर्धारित समयभन्दा छ महिनाअगावै भवन निर्माण गरेर शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतलाई हस्तान्तरण गरिसकेको छ।

मेसु डा. डम्मरबहादुर खड्काले भवन निर्माण सम्पन्न भए पनि अस्पताल सञ्चालनमा आउन कम्तीमा तीन महिना लाग्ने बताए। ‘विभिन्न उपकरण\सामानहरूको बोलपत्र आह्वान, छनोट र जडान गर्न बाँकी छ। प्रदेश सरकारले ओएण्डएमको पनि टुंगो लगाएको छैन। त्यसैले भवन केही समय प्रयोगविहीन हुने अवस्था छ’, उनले भने।

२०६२ फागुनदेखि तीन विशेषज्ञ चिकित्सकबाट सञ्चालनमा आएको तत्कालीन क्षेत्रीय अस्पतालमा अहिले विशेषज्ञसहित २८ चिकित्सक कार्यरत छन्। ३० विशेषज्ञ चिकित्सकसहित ८८ जनाको दरबन्दी रहेको अस्पतालमा अझै विशेषज्ञ चिकित्सकको कमी छ। सरकार र आन्तरिक स्रोतबाट गरी हाल ११५ शय्याकाे  अस्पताल सञ्चालनमा छ। २० विशेषज्ञ चिकित्सकमध्ये दरबन्दीका चार, काजका दुई र करारका १४ छन् भने मेडिकल अधिकृत आठ जना छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि