जंगली च्याउ खाँदा आमाको मृत्यु, छाेरा गम्भीर बिरामी

जंगली च्याउ खाँदा आमाको मृत्यु, छाेरा गम्भीर बिरामी

जाजरकोट : जंगली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ भने उनका छोरा गम्भीर बिरामी छन्।

बारेकोट गाउँपालिका ८ का ५० वर्षीय मनमाया कुमाईको मृत्यु भएको हो। छोरा १४ वर्षीय युवराज कुमाई गम्भीर बिरामी रहेको प्रहरीले जनाएको छ।

जंगली च्याउ गम्भीर बिरामी भएकी कुमाईको उपचारका लागि नेपालगञ्ज लग्ने क्रममा सुर्खेतको मेहलकुनामा मृत्यु भएको हो।