Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘चिकित्सकहरूको पदस्थापन र समायोजन ऐनविपरीत’

‘चिकित्सकहरूको पदस्थापन  र समायोजन ऐनविपरीत’

काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ऐनविपरीत भएको भन्दै  सरकारको ध्यानाकर्षण गरेको छ।

संघले मंगलबार जारी गरेको विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चिकित्सकहरूको पदस्थापन कर्मचारी समायोजन ऐन र जेष्ठता बमोजिम नभएको उल्लेख छ।

पूर्वाग्रही ढंगबाट कुनै व्यक्ति विशेषलाई लक्ष्य गर्दै शक्ति र दबाबमा समायोजन तथा पदस्थापन गरिएको संघको आरोप छ। चिकित्सकहरूको समायोजन विवादास्पद र गैरन्यायिक निर्णयले समग्र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पुग्ने संघको दाबी छ।

निश्चित कार्यविधि र मापदण्ड वैज्ञानिक एवं पारदर्शी रूपमा तयार गरी कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग संघले माग गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन