Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वीरगञ्जमा भाइरल ज्वराेकाे प्रकाेप

वीरगञ्जमा भाइरल ज्वराेकाे प्रकाेप

वीरगञ्ज : वीरगञ्ज र आसपासका क्षेत्रमा केही दिनयता भाइरल ज्वरोका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्या बढेको छ।

पछिल्ला दिनमा ओपीडीमा आउने आधाभन्दा बढी बिरामी भाइरल ज्वरोकै भएको नारायणी अस्पतालले जनाएको छ। ओपीडीमा दैनिक आउने ३०० हाराहारीका बिरामीमध्ये २०० सय जना जति भाइरल संक्रमित बिरामी हुने गरेका छन्।

बिरामीहरूमा खासगरी ज्वरो आउने, पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, नाकबाट पानी बग्ने, कमजोर महसुस हुनेजस्ता लक्षण देखिएको चिकित्सकले बताएका छन्।

अधिकांश भाइरल ज्वरो एक दुई दिनमा आफैँ हराएर जाने भए पनि अस्पताल जानुको विकल्प नहुने चिकित्सकहरू बताउँछन्। १०३ डिग्री फरेनहाइट वा त्योभन्दा बढी ज्वरो आए तुरुन्तै अस्पताल जानुपर्ने सुझाव उनीहरू दिन्छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन