वीरगञ्जमा भाइरल ज्वराेकाे प्रकाेप
वीरगञ्ज : वीरगञ्ज र आसपासका क्षेत्रमा केही दिनयता भाइरल ज्वरोका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्या बढेको छ।
पछिल्ला दिनमा ओपीडीमा आउने आधाभन्दा बढी बिरामी भाइरल ज्वरोकै भएको नारायणी अस्पतालले जनाएको छ। ओपीडीमा दैनिक आउने ३०० हाराहारीका बिरामीमध्ये २०० सय जना जति भाइरल संक्रमित बिरामी हुने गरेका छन्।
बिरामीहरूमा खासगरी ज्वरो आउने, पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, नाकबाट पानी बग्ने, कमजोर महसुस हुनेजस्ता लक्षण देखिएको चिकित्सकले बताएका छन्।
अधिकांश भाइरल ज्वरो एक दुई दिनमा आफैँ हराएर जाने भए पनि अस्पताल जानुको विकल्प नहुने चिकित्सकहरू बताउँछन्। १०३ डिग्री फरेनहाइट वा त्योभन्दा बढी ज्वरो आए तुरुन्तै अस्पताल जानुपर्ने सुझाव उनीहरू दिन्छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त