विद्यालयमा मेसिनबाट सेनेटरी प्याड
कञ्चनपुर : वेदकोट नगरपालिकाले मेसिनबाट सेनेटरी प्याड आउनेगरी सामुदायिक विद्यालयमा ‘एटिएम मेसिन’ जडान गरेको छ।
वेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले २४ सामुदायिक विद्यालय र नौ वटा स्वास्थ्य संस्थामा सेनेटरी प्याड जुनसुकै बेला लिन सक्ने गरी सो मेसिन जडान गरिएको जानकारी दिए। नगरपालिकाले २६ लाख ३३ हजार रुपैयाँमा सो मेसिन जडान गरेको हो।
‘महिनावारी भएका बेला छात्राहरु विद्यालय नआउने र बीचमै पढाइ छाड्ने लगायत समस्या नदेखिउन् भनेर निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको हो’, चन्दले भने।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?